punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णालीमा कोरोना संक्रमितको संख्या ७६३ पुग्यो

Chaupati
safha napa

सुर्खेत,३० जेठ। कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको छ। हिजो, २९ जेठमा थप ५५ जनामा कोभिड-१९ पुष्‍टि भएसँगै संक्रमितको संख्या ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा थप ५५ जनामा कोभिड-१९ रिपोर्ट पोजिटभ देखिएको हो।

दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौं बूढानीलकण्ठ-२ निवासी हाल चिङ्गाड गाउँपालिका-५ सुर्खेतमा बस्दै आएका एकजनामा हिजो कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए।


३० जेठ २०७७, शुक्रवार ०३:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु