punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यस्ता छन् लकडाउनका सम्बन्धमा मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

Chaupati
safha napa

काठमाण्डौ ,जेठ २९ । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनलाई खुकुलो बनाउदै केहि क्षेत्रलाई खुल्ला गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकले नीजि सवारी साधनहरु जोरबिजोर प्रणालीका आधारमा चल्ने दिने निर्णय गरेको छ । बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्री खतिवडाका अनुसार स्वास्थ्यसँग सम्बन्धित क्षेत्र, सबै प्रकारका कृषि र पशुपक्षी व्यवसाय, उत्पादनदेखि बिक्रीवितरणसम्मको श्रृंखला खुला गरिएको छ । यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । त्यस्तै कोरोना संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ ।

खतिवडाका अनुसार निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्न सरकारले यो निर्णय गरेको हो।

तत्कालका लागि बिहान आठबजेदेखि दिउँसो एक बजेसम्म र दिउँसो १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय सरकारले गरेको प्रवक्ता खतिवडाले बताए ।

सवारीसाधान संचालन र कार्यालय सञ्चालन गर्ने निर्णय असार १ गतेदेखि र अन्य निर्णयहरु बिहीबारदेखि २१ दिनसम्म कायम हुने छ । त्यस्तै यस बर्ष एइइ परिक्षा नलिने निर्णय गर्दै बिद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै मान्यता दिई प्रमाणपत्र दिईने खतिवडाले बताए ।


२९ जेठ २०७७, बिहीवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु