मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठ रोग भएको पुष्टि
मंकीपक्स भएको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रराज ट्रपिकल अस्पताल टेकु लगिएका व्यक्तिमा कुष्ठ रोग भएको पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेकुमा भर्ना गरिएका ती व्यक्तिमा कुष्ठ रोग पुष्टि भएको जानकारी दिएको छ ।
विभिन्न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको मन्त्रालयले जनाएको छ । विदेशबाट आएका ती युवामा मंकीपक्सको जस्तो लक्षण देखिएपछि विमानस्थलबाट सोझै टेकु लगिएको थियो ।

३ असार २०७९, शुक्रवार १७:४१ बजे प्रकाशित













