punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

Chaupati
safha napa

विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् ।

एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पश्चात् सुरु भएको दोस्रो बैठकमा मन्त्री शर्माले विनियोजन विधेयक संसदमा पेश गर्ने क्रममा एमाले सांसदहरुले विरोध कायमै राखेका हुन् ।

प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकमा भाग लिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आग्रह गरेका थिए । एमालेका सांसदहरुलाई छलफलका लागि बसेर भाग लिन आग्रह गरेका थिए । विनियोजन विधेयक माथिको छलफलमा भाग लिनका लागि कुनै पनि सांसदले नाम दिएनन् ।

सभाका अध्यक्ष तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सदनमा निर्णयार्थ पेश गरेका थिए । एमालेका सांसदको विराधकै बीचमा विचार गरियोस भन्ने प्रस्ताव पारित गरिएको थियो ।


३ असार २०७९, शुक्रवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु