punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामको अस्पतालमा आत्महत्याः घटनाको छानबिन गर्न प्रदेशसभामा माग

Chaupati
safha napa

धनगढी,जेठ २८ । सुदूरपश्चिम प्रदेशसभा सदस्यले अछाम बयलपाटा अस्पतालका एक कर्मचारीले गरेको आत्महत्या घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न र मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभाको आज बसेको बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यले कोरोना भाइरसको सङ्कटको समयमा सबै क्षेत्र अस्तव्यस्त भइरहँदा बयलपाटा अस्पतालमा नोकरीबाट निकालिएका सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले आत्महत्या गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए।

उनीहरुले अस्पतालबाट निकालिएका सबै कर्मचारीलाई पुनरबहालीको पहल गर्न माग गरे। अस्पतालबाट अवकाश दिइएका कर्मचारी आउजीले शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेकामा नेपालगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।


२८ जेठ २०७७, बुधवार ०१:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु