punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Chaupati
safha napa

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री देउवालाई आज बिहान बालुवाटारस्थित निवासमा भेटेर लोसपा अध्यक्ष महन्थ ठाकुरले ज्ञापन पत्र बुझाएका हुन् ।

नागरिकता विहीनहरुको समस्या समाधान गर्न, महँगी नियन्त्रण गर्न, किसानहरुलाई सहजरुपमा मलखादको व्यवस्था गर्न, टिकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित मधेस आन्दोलनको क्रममा पक्राउ परेका अन्य नेता–कार्यकर्ताहरुलाई रिहाइ गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको लोसपाका नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

लोसपाले बुझाएको ज्ञापन पत्रमा जनसंख्याको आधारमा स्थानीय निकाय, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्व हुनुपर्ने, जनघनत्वको आधारमा समतामुलक बजेट वितरण गर्नुपर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्नुपर्ने, महंगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने, भूमिहीनलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउनुपर्ने लगायतका बुँदा उल्लेख छन् ।


२४ जेठ २०७९, मंगलवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु