punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा थपिए ३१४ संक्रमित, नेपालमा कुल संख्या ३,७६२ पुग्यो

Chaupati
safha napa

काठमाडौँ,जेठ २६ । नेपालमा आज (सोमवार) एकैपटक थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार ७६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाको मृत्यु भईसकेको छ । आज मात्रै नेपालमा थप १ जनाको मृत्यु भएको छ ।


२६ जेठ २०७७, सोमवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु