punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफ्नै शरिरमा आगो लगाएर घाइते भएका अस्पतालका कर्मचारीको मृत्यु

Chaupati
safha napa

अछाम,जेठ २६ । अछामको बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो।

बयलपाटा अस्पतालमा सरसफाईमा कार्यरत आउजीको उपचारका क्रममा केही वेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए ।

दुई बर्ष देखि बयलपाटा अस्पतालको सरसफाई कार्यमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।


२६ जेठ २०७७, सोमवार ११:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु