punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा अस्पतालबाट हटाइएका कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

Chaupati
safha napa

अछाम, जेठ २६ । अछाम बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालको गेट अगाडि सोमबार बिहान साफेँबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नै शरीरमा आगो लगाएका हुन् ।

उनको हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनको एक छोरा र एक छोरी रहेका छन् ।

केहि हप्ता अगाडि अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारीमा काम गर्ने गरेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।

दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।

अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।


२६ जेठ २०७७, सोमवार ०७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु