punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई र ११ कक्षाको परीक्षाका लागि तीन विकल्प तयार

Chaupati
safha napa

काठमाडौं,जेठ २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने भनिरहँदा तीन विकल्प तयार भएको हो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, स्थानीय तह र विज्ञसहितको रायको आधारमा तीन विकल्प तयार पारिएको हो ।

सरकारले तयार गरेको पहिलो विकल्पका रूपमा प्रदेश सरकारले परीक्षा सञ्चालन गर्ने, दोस्रो स्थानीय तह र तेस्रो विकल्पका रूपमा आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र उपलब्ध गराउने रहेको छ ।

मन्त्रालयले यो विकल्प एसईई र कक्षा ११ मा मात्र लागू हुने बताएको छ । विद्यालय तहको कक्षा १२ को अन्तिम परीक्षाको कक्षा १२ को बोर्ड परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरी विकल्प तयार गरिएको छ । लकडाउनका कारण परीक्षा स्थगित भएपछि झन्डै १४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै विकल्पको विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै सरोकारवालासँग सल्लाह गरेर विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, कुन विकल्प उचित हुन्छ सोहीअनुसार परीक्षा लिने गरी तयारी गर्नेछौं ।’

सरकारले तयार गरेको विकल्पमध्ये आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र दिने विषय व्यावहारिक नदेखिने विज्ञहरू बताउँछन् । आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने विषय नै अन्योल छ । यही अवस्था भए एसईई र कक्षा ११ को परीक्षाको नम्बर विद्यार्थीको अनुहार हेरेर दिइने सम्भावना बढी रहेको बताइएको छ ।यो समाचार आजको समाचारपत्र दैनिकमा छ ।


२६ जेठ २०७७, सोमवार ०२:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु