कैलालीमा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा

कैलालीमा जिल्ला समन्वय समिति नागरिक उन्मुक्ती पार्टीको नेतृत्वमा बन्ने भएको छ । एमाले र माओवादीसंगको सहकार्यमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तीले जिसस प्रमुख पाउने भएको हो । प्रमुखसंगै नागरिकले थप २ सदस्य लिने सहमति बिहीबार भएको छ । जिल्लामा  यसअघि एमालेले प्रमुख, उपप्रमुख र बहुमत सदस्यसहित जिसस बनाएको छ ।

यस्तै एमालले उपप्रमुख र एक सदस्य पाउने सहमति भएको एमाले कैलालीका सचिव डेजी पाण्डेयले बताए । यस्तै माओवादीले चार जना समन्वय समितिका सदस्य पाउने भएको छ ।

१३ स्थानीय तह रहेको कैलालीमा जिसस बनाउन १४ जना प्रमुख र उपप्रमुख आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ती, एमाले र माओवादी मिल्दा १६ जना पुग्छन् । कैलालीमा नागरिक उन्मुक्तीले चार प्रमुख र तीन उपप्रमुख जितेको छ । एमालेले दुई प्रमुख र तीन उपप्रमुख जितेको छ । यस्तै माओवादीले २ प्रमुख र २ उपप्रमुख जितेको छ ।

यस्तै गरेर काँग्रेसले तीन प्रमुख र पाँच उपप्रमुख जितेको छ । यस्तै एकीकृत समाजवादी र स्वतन्त्रले १र१ प्रमुख जितेको छन् । कैलालीमा काँग्रेस, माओवादी र समाजवादी मिलेर स्थानीय तह चुनाव लडेका थिए ।

 

No description available.


१९ जेठ २०७९, बिहीवार २२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु