मतदातालाई धन्यवाद दिन गाउँबस्तीमा पुगे वड
धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख मतदाता माझ पुगेर धन्यवाद दिन थालेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वडले धनगढीबासीको घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् ।
उनले बिहीबार उपमहानगरपालिकाको वडा नम्बर १४, १८ र १९ का वडाबासीको घर दैलोमा पुगेर धन्यवाद दिएका हुन् । घरदैलो अभियानमा रहेका वडले कुरा गर्दै नगरबासीको सुखदुखको साथी बन्दै पार्टीलाई चलाएमान बनाउने बताए । उनले निर्वाचनमा मतदान गर्ने नगरबासीलाई धन्यवाद दिन १९ वडामा पुग्ने समेत बताए । अभियानमा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ (क) का सभापति सिताराम राना लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गर्दै उनी धनगढीको मेयरमा निर्वाचित भएका थिए । उनी २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमालसंगै पराजित भएका हुन् ।
१९ जेठ २०७९, बिहीवार २२:०८ बजे प्रकाशित












