राष्ट्रपति भण्डारीद्वारा बडीमालिकाको पूजा

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थलमध्येका एक बडीमालिकाको दर्शन र पूजा, अराधना गरेकी छन् ।

खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर उनले बडीमालिकाको दर्शन गरेकी हुन । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन छ ।

राष्ट्रपति भण्डारीले प्रचलन अनुसार पूजा आराधना गरेकी हुन । बडीमालिकाको पूजा अराधनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विहान बाजुरा पुगेकी थिइन् । भ्रमण सकेर उनी आजै काठमाडौं फर्किने राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।


१८ जेठ २०७९, बुधवार १३:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु