punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुर्घटनाग्रस्त विमानको ककपिट भिडियो रेकर्डर आयोगले लियो जिम्मा

Chaupati
safha napa

आइतबार मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजको ककपिट भिडियो रेकर्डर दुर्घटना जाँच आयोगले आफ्नो जिम्मामा लिएको छ ।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार आयोगले दुर्घटनाको जाँच समेत सुरु भएको छ । लामिछानेका अनुसार मृतकको शव परीक्षणको काम त्रिवि शिक्षण अस्पतालमा जारी छ ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन आयोग गठन गरेको थियो ।

आयोगले दुर्घटनाको कारण पत्ता लगाएर भविष्यमा यस प्रकारको घटना हुन नदिन सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।


१८ जेठ २०७९, बुधवार १३:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु