punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस युनियन र पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री वितरण

Chaupati
safha napa

२४ जेठ, काठमाडौं । हरिप्रिया-प्रकाश फाउन्डेसनले उपत्यकामा कार्यरत फ्रन्टलाईनका पत्रकारलाई सौन्दर्य र स्वास्थ्य सामाग्री वितरण गरेको छ । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन भक्तपुर शाखा र ललितपुरलाई सामाग्री हस्तान्तरण गरिएको हो । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकी र युनियनका अध्यक्ष रोशन शिल्पकारलाई फाउण्डेशनको तर्फबाट सामाजिक अभियन्ता क्षितिज भण्डारीले कोरोना बाट बच्न सय थान मास्क, पञ्जा सहित फेसवास, सैम्फु, साबुन, तेल र ह्यान्ड बाँस हस्तान्तरण गरिएको पत्रकार इन्द्र रिजालले बताए।

स्वास्थय र सौन्दर्य सामाग्री बुझ्दै नेपाल पत्रकार महासंघका सभापति बुढाथोकीले गैरराजनीति तवरले सामाग्री बितरण प्रति खुशी प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।नेपाल प्रेस युनियनका सभापति शिल्पकारले आर्थिक मन्दीले नियमित जिविकाउपार्जन गर्न पनि पत्रकारलाई गार्हो परेको बेला सबैलाई सहयोग अपिल गर्नुभयो।कडाउनका बेलापनि काठमाडौंदेखि सम्झेर भक्तपुरमा आई फ्रन्टलाइनमा खटिएका पत्रकार बन्धुहरुलाई राहत सामाग्री वितरण गरेकोमा समाजसेवि एवं प्रभावशाली नेता विनोद कायस्थले बताए ।

१० हजार नागरिकलाई राहत बाडने अभियान अन्तर्गत गत हालसम्म तीन हजार नागरिकलाई खाद्यान्न, रिचार्ज कार्ड,स्वास्थ्य सामाग्री र सौन्दर्य सामाग्री आफ्नी आमा स्वर्गीय हरिप्रिया भण्डारीको स्मृतिमा राहत बाडिएको सामाजिक अभियान्ता क्षितिज भण्डारीले जानकारी दिए ।स्मरण रहोस युवानेता भण्डारीले भुकम्प, बाढिपहिरो, टोनार्डो, आगलागि पीडित हरेक बर्ष लाखौंको राहत सहयोग फाउन्डेसनमार्फत बाडँदै आएका छन् । लामो समय नेपाल महिला संघको केन्द्रीयमा नेतृत्वमा रहेकी शिक्षाविद् एवं समाजसेवी नेतृ स्वर्गीय भण्डारी नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै समानुपातिक सांसद उम्मेदवार समेत भएकी थिइन ।

कोरोना र लकडाउनका कारण धेरैले दाह्ररीकपाल काट्न रेजर–ब्लेड किन्न नसकेको, नुहाउनका लागि गुणस्तरीय साबुन र स्याम्फुको कमी महशुस गरेको , अझ सौन्दर्यता र आत्मविश्वास बढाउने हिमालयको फेसबास, डाबरको तेल, मञ्जन र ब्रस तथा क्रिमहरु जनताको पहुँचबाहिर रहेकोले सौन्दर्य सामाग्रीमा विशेष फोबस गरि नागरिकको अनुहारमा मुस्कान ल्याउन खोजिएको सामाजिक अभियन्ता भण्डारीले बताए । सौन्दर्य सामाग्री बाहेक खाद्यान्न, स्वास्थ्य सामाग्री,एनटीसी र एनसेलको रिचार्ज कार्ड बाडेर फाउण्डेशनले नौलो खाले राहतको शुभारम्भ गरेको छ । वितरण कार्यक्रमका लागि कुनै आर्थिक सहयोग नउठाइएको तर कार्यक्रम वितरण व्यवस्थापनमा स्थानीय समाजसेवी व्यक्ति, संस्था र नेपाल प्रहरीले सामाजिक दुरी कायम गरि राहत वितरण गर्न सफल भएको भण्डारीले जानकारी दिए ।


२४ जेठ २०७७, शनिवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु