रुकुम घटनाका दोषीलाई कारवाहीको माग राख्दै थाल बजाएर डडेल्धुरामा बिरोध
सुरेश तोलाङ्गी , डडेल्धुरा जेठ २४ ।
रुकुम पश्चिम चोरजहारीमा नवराज बिक लगायत ६ जनाको सामुहिक हत्याकाण्डका दोषीलाई कारवाही गर्न र पिडितलाई न्याय दिनुपर्न माग राख्दै आज डडेल्धुराका दलित अगुवा हरुले थात बजाउँदै विरोध र्याली गरेका छन ।
रुकुम पश्चिमको चौरजारीमा भएको बीभत्स हत्याका दोषीलाई कार्वाही नगरे कडा आन्दोलनमा उत्रिने चेताउनी समेत डडेल्धुराका दलित अगुवाहरुले दिएका छन । डडेल्धुराको बसपार्क देखि सुरु भएको विरोध र्याली जिल्ला प्रसासन हुँदै डडेल्धुराको तुफान डाडा पुगि कोण सभामा परिणत भएको थियो ।
२४ जेठ २०७७, शनिवार १६:२५ बजे प्रकाशित































