punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्यटन मन्त्री आलेद्वारा तारागाउँ विकास समितिका अध्यक्ष न्यौपाने बर्खास्त

Chaupati
safha napa

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेलाई बर्खास्त गरेका छन् ।

शेयर विवाद र जग्गा लिज प्रकरणको विवाद टुंग्याउने सरकारी प्रयासमा असहयोग गरेको आरोप लगाउँदै अध्यक्ष न्यौपानेलाई मन्त्री आलेले बर्खास्त गरेका हुन् ।

उनलाई १३ जेठको मिति राखेर बर्खास्त गरिएको पत्र थमाइएको छ । न्यौपाने अहिले कार्यालयमा छैनन् । १३ जेठको मिति पत्रमा भए पनि आज मात्रै दर्ता भएको हो ।

सरकारी स्वामित्वमा रहेको १५४ रोपनी जग्गा हायात होटेललाई भाडामा दिएको विषयमा विवाद रहँदै आएको थियो ।

यो विवाद टुंगो लगाउन अध्यक्ष न्यौपानले असहयोग गरेको भन्दै मन्त्री आलेले उनलाई बर्खास्त गरेका हुन् ।


१६ जेठ २०७९, सोमवार १३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु