punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा डा. आरजु देउबाद्धारा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

Chaupati
safha napa

धनगढी,जेठ २४ । सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले सुदूरपश्चिमको डोटी,डडेल्धुरा,बाजुरा र बैतडीका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रस्तुति गृहलाई लाखौँको स्वास्थ सुरक्षा सामाग्री सहयोग गर्नुभएको छ ।

क‍ोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनुभयो । उहाँले भन्नुभयो सुदूरपश्चिमका ९ वटै जिल्लाका ५३ वटा स्वास्थ्य संस्थाका प्रसुती गृहलाई सहयोग गरिने छ ।

स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ ।
अध्यक्ष देउवाले डोटीका ५ ,डडेल्धुराका १३,बैतडीका ४ र बाजुराका ४ वटा गरी ४ जिल्लाका २६ वटा स्वास्थ्य सस्थाका प्रसुती गृहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको हो । जसमा पिपिई सेट ७६ सेट,सेनिटाईजर ११० लिटर,थरमल गन २६ वटा,पन्जा ६३ प्याकेट,पेपर मास्क ५२०० पिस,एन ९५ मास्क २८८ पिस,साबुन ७२० पिस,सेनिटरी प्याड २४९६ वटा र फेससिल्ड ७६ वटा रहेका छन् ।


२४ जेठ २०७७, शनिवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु