punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीकी महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि, मलामी खोज्दै प्रहरी

Chaupati
safha napa

धनगढी , २४ जेठ । सेति प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी महिलाको अन्येष्टि पछि कोरोना संक्रमण पुष्टि भए पछि थप जोखीम बडेको छ । कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

धनगढी उपमहानगरपालिका–४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको डायलासिस सेन्टरमा लगिएको थियो । डायलासिस सेवा सञ्चालन गरिररहेको विरंग हेल्थ केयरमा ¥यापिड डायग्नोस्टिक टेस्ट आरडीटी गर्दा नेगेटिभ आएपछि भर्ना गरिएकी उनको केहीबेरमा नै मृत्यु भएको थियो ।

मृत्यु पछि उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझाएको थियो । मृतकका आफन्तले शनिबारनै मोहना घाटमा अन्त्येष्टि गरेका थिए । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

मृतक महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि मलामी गएका सबैको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापाले बताए । यसरी कोरोना रिर्पोट नै नआँउदा आफन्तलाई शव बुझाएपछि कैलालीमा कोरोनाको थप जोखिम बढेको छ।


२४ जेठ २०७७, शनिवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु