जहाज दुर्घटनाका मृतकको शव काठमाडौँ ल्याइने
तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौँ ल्याइने भएको हो ।
सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णकाअनुसार दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी छ ।
सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेको छ ।
चालक दलका तीनसहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
१६ जेठ २०७९, सोमवार १०:२५ बजे प्रकाशित






























