सुदूरपश्चिम प्रदेशमा आज फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, २४ जेठ । सुदूरपश्चिम प्रदेशमा आज फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज साझ कोरोना पुष्टि भएका सबैजना कैलालीका रहेका छन ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । नयाँ संक्रमित चारै जना कैलालीको गौरीगंगा नगरपालिकाका हुन् ।
उक्त नगरपालिकाका १६, १८, २७ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यसअघि आजै १३ जनामा कोरोना पुष्टि भएको थियो भने आज साँझ फेरि थप चार जनामा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा संक्रमितको संख्या १०९ पुगेको छ ।
२४ जेठ २०७७, शनिवार १३:५४ बजे प्रकाशित































