भीमदत्त नगरपालिकामा कांग्रेसको अग्रता
कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
१०० मत गणना हुँदा कांग्रेसका पदम बोगटीले ५३ मत पाएका छन् । बोगटीलाई पछ्याइरहेका एकीकृत समाजवादीका राजेन्द्र पाण्डेयले १५ मत पाएका छन् ।
एमालेका महेश पन्तले १४ मत पाउँदा राप्रपाका गजेन्द्रबहादुर चन्दले ६ पाएका छन् । भीमदत्तमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन छ।
३१ वैशाख २०७९, शनिवार १३:५७ बजे प्रकाशित






























