घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको सुरुवाती अग्रता

कैलालीको घोडाघोडी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । ४ सय मतगणना हुँदा समाजवादीका खडक रावतले १ सय ५१ मत ल्याएर अग्रता लिइरहेका छन् ।

निवर्तमान मेयर नेकपा एमालेका ममत चौधरीले ९९ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका निरज मल्लले ५१ मत पाएका छन् ।

उपमेयरमा पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी गुलियाकुमारी चौधरीले अग्रता लिएकी छन् । उनले १३९ मत पाउँदा एमालेका करुण बम बटलाले ८५ तथा राप्रपाकी लक्ष्मीकुमारी चौधरीले ३९ मत पाएका छन् ।


३१ वैशाख २०७९, शनिवार १४:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु