punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरको मत गणना गर्ने बिषयमा सर्वदलिय बैठक

Chaupati
safha napa

धनगढी उपमहानगरको मत गणना गर्ने बिषयमा सर्वदलिय बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूका अनुसार अहिले सर्वदलिय बैठक बसेको छ । बैठकपछि मतगणना सुरु हुने जनाएको छ । स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कैलालीमा चार स्थानीय तहमा मतगणना सुरु भएको छ । जिल्लाको गोदावरी नगरपालिका, टीकापुर, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकामा मतगणना सुरु भएको हो ।

धनगढीमा मतगणनाको मागसहित नाराबाजी

धनगढी उपमहानगरपालिकामा मतगणनाको मागसहित नाराबाजी गरेका छन् । स्वतन्त्र पक्षधरले हिजो राति १२ बजेदेखि नै मतगणना गर भन्दै मतगणनास्थल नगरपालिकाको परिसरभित्रै नाराबाजी गर्दा झडप भएको हो ।

प्रदर्शनकारीलाई भगाउन प्रहरीले लाठीचार्ज गरेको थियो । त्यसक्रममा केही व्यक्ति घाइते भएको स्वतन्त्र पक्षधरले बताएका छन् ।


३१ वैशाख २०७९, शनिवार ०९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु