punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने

Chaupati
safha napa

बझाङका चार स्थानीय तहमा तत्काल मतगणना नहुने भएको छ । जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा विवादले मतदान स्थगित भएकाले पुनः मतदान भएपछि मात्रै मतगणना हुने भएको हो ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारलाई कुटपिट गरेर एकलौटी मतदान गरेको भन्दै नेकपा एमाले पुनः मतदान गर्न माग गरेको छ । त्यहाँ मतगणना हुन नसकेको छबिसपाथिभेरा १ वडाध्यक्ष नैन बोहराले बताए ।

जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुवेडास्थित सुनिपिपल मावि मतदानस्थलमा नेकपा माओवादीका एजेन्टले मतपेटी कब्जा गर्न खोजेपछि उत्पन्न झडपले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै मतदान स्थगन भएको सूचना टाँस भएकाले यहाँ पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताए ।

 


३१ वैशाख २०७९, शनिवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु