रुकुम पश्चिमको घटनाका दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने मुक्तिका लागि साझा अभियानको चेतावनी
धनगढी,जेठ १९ । मुक्तिका लागि साझा अभियानले रुकुम पश्चिमको चोरजाहारीमा भएको विभत्स हत्याका दोषिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
आन्दोलनको नेतृत्व गरेका अभियानका संयोजक प्रेम विसीले प्रेम गरेकै भरमा हत्या गर्नु भनेको लोकतन्त्रमाथिको प्रहार रहेको बताए। उनले माया, प्रेम गर्दैमा हत्या गर्नु निन्दनीय कार्य हो, उनले भने, ‘दोषिलाई कानूनी कटघेरामा ल्याएर कारवाही हुनुपर्छ।’
उनले राज्य समेत निर्दयी भएको बताए। गाउँका सामान्ती सोच भएकाहरुबाट नै यस्तो घटना भएकाले त्यस्ता व्यक्तिलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने उनले चेतावनी दिए। कोण सभामा बोल्दै नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर टेर्लरले रुकुमको घटनाले लोकतन्त्र र गणतन्त्रमाथि प्रश्न उठाएको बताए। उनले रुकुममा भएको घटनाका सम्वन्धमा मानवअधिकार लगायतले सहयोग गर्नुपर्ने बताए।
धनगढीको पार्कमोडबाट शुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय कैलाली पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभामा रुकुम चौरजाहरीका दोषिलाई कारवाही गरिहोस् लगायतका नारा लगाएका थिए।
कार्यक्रममा नेपाल तरुण दल प्रतिनिधि अमृत विसी, राजनैतिक दलका प्रतिनीधि,बुद्धिजिवि, नागरिक समाज लगायतको सहभागिता रहेको थियो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले जेठ १० गते कुटेर हत्या गरेका थिए।
१९ जेठ २०७७, सोमवार ०७:३२ बजे प्रकाशित































