प्रिन्सिपल भुसाल मृत्यु प्रकरणको अनुसन्धानका लागि सीआईबीको टोली कैलाली पुग्यो
कैलाली,जेठ १९। जिल्लाको गौरीगंगा नगरपालिका ९ मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली कैलाली आएको छ।
गौरीगंगा ९ का ४० वर्षीय भुसाल ११ वैशाखमा पूर्वपश्चिम राजमार्गमा मृत फेला परेका थिए।उनको हत्या भएको बताउँदै स्थानीय बासिन्दाले महिनादिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन्।
सोही प्रकरणको छानविन गर्न सीआईबीको टोली धनगढी आइपुगेको हो। टोलीले आजैदेखि छानविन थाल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
१९ जेठ २०७७, सोमवार ०७:४३ बजे प्रकाशित































