punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्थानीय तह निर्वाचन : ७५३ पालिकाकै मतगणनामा सिसीटिभीबाट निगरानी

Chaupati
safha napa

स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा निर्वाचन आयोगले देशैभर सिसीटिभीबाट निगरानी गर्ने भएको छ। स्थानीय तहका मतगणनास्थलमा केन्द्रबाटै सिसिटिभी क्यामेराबाट निगरानी तयारी गरिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सबै पालिकाका मतगणनास्थलमा सिसिटिभी क्यामेरा जडान गरेर निगरानी तयारी अघि बढाइएको जानकारी दिए। देशभरका ७५३ वटा पालिकाको अनुगमन निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाट गर्नेछ।

७५३ पालिकामध्ये लगभग ५ सय वटा पालिकाको क्यामेरा जडान भइसकेको पौडेलले बताए।  बाँकी पालिकासँग समन्वय गरेर बुधबार र बिहीबारसम्ममा क्यामेरा जडान गर्ने तयारी अघि बढेको पौडेलले बताए।

 


२८ वैशाख २०७९, बुधवार १३:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु