धनगढी उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल
काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएको छ ।
८७ जना यात्रुसहित धनगढीका लागि उडेको उक्त जहाज अहिले काठमाडौं फिर्ता हुँदैछ । इन्जिन फेल भएको उक्त जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ ।
श्री एयरलाइन्सका अनुसार विमानकाे इन्डिकेटरमा समस्या देखिएपछि काठमाडाैं फर्काइएकाे थियाे । उक्त विमान धनगढीकाे लागि बिहान ११ः४८ बजे उडेकाे थियाे ।
विमान उडेकाे १९ मिनेटपछि अपराह्न १२ः०७ बजे त्रिभुवन विमानस्थलमा सुरिक्षत रुपमा आकस्मिक अवतरण गरिएकाे श्री एयरलाइन्सले जनाएकाे छ ।
२८ वैशाख २०७९, बुधवार १२:४० बजे प्रकाशित





























