punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इन्डियन प्रिमियर लिग : शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा

Chaupati
safha napa

लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।  मंगलबार राति  गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।

लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।  गुजरातका राशिद खानले ४ विकेट लिए ।

यसअघि पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । गुजरातका शुबमन गीलले सर्वाधिक ६३ रन बनाए । यस्तै डेभिड मिल्लरले २६ रनको योगदान गरे ।

जितसँगै गुजरात १२ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा छ । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा  छ ।


२८ वैशाख २०७९, बुधवार ०७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु