अर्घाखाँचीमा मेयर र उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना
अर्घाखाँचीमा मेयर र उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ । सन्धिखर्क नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार शान्ता भन्डारी तथा उपमेयरका उम्मेदवार राजेन्द भुसाल चढेको बा २१ च ९२८१ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ३ को फुदबाङमा गाडी अनियन्त्रित भइ दुर्घटनामा भएको हो ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ५ को बलेवाङमा आयोजित चुनावी कोँणसभालाई सम्बोधन गर्न जाने क्रममा गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडीको एयर ब्याग खुलेको कारण मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
२७ वैशाख २०७९, मंगलवार २२:१० बजे प्रकाशित





























