पुष्कर नाथ ओझामाथिको कारबाही फुकुवा गर्न देउवा सकारात्मक देखिए
पूर्व राज्यमन्त्री पुष्कर नाथ ओझामाथिको कारबाही फुकुवा हुने भएको छ । पार्टी सभापति देउवा ओझामाथिको कारबाही फुकुवा गर्न सकारात्मक देखिएका छन् । धनगढीमा सोमवार आयोजित चुनावी सभामा ओझालाई मञ्चमा उपस्थित गराउने पार्टी सभापति देउवाको इच्छा थियो । त्यसअघि नै उनीमाथिको कारबाही फुकुवा गर्ने सभापति देउवाको मुड थियो ।
‘यति बेला सबै मनमुटाव र गुनासाहरूलाई बिर्सेर नेपाली काँग्रेस र गठबन्धनलाई विजयी गराउनु सबै काँग्रेसी कार्यकर्ताहरूको जिम्मेवारी हो,’ देउवा भने, ‘पार्टी भित्र अन्यायमा परेका सबैमाथि न्याय हुन्छ । तर यो गुनासो गरेर बस्ने बेला होइन ।’ नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीलेओझालाई कारबाही गरेको थियो ।
२६ वैशाख २०७९, सोमवार १७:२३ बजे प्रकाशित






























