punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्वाचन आयोगले गोरखापत्रलाई  सोध्यो २४ घण्टे स्पष्टीकरण

Chaupati
safha napa

निर्वाचन आयोगले सरकारी अखबार गोरखापत्रलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । गोरखापत्र दैनिकका सम्पादकलाई २२ वैशाखमा प्रकाशित ‘गठबन्धनप्रति इमान्दार बन्न देउवाको आग्रह’ शीर्षकको समाचारलाई लक्षित गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यस्तै २५ वैशाखमा पनि प्रकाशित ‘बागी उम्मेदवारको प्रभाव नगन्य छु ‘ शीर्षकअन्तर्गत भरतपुर महनगरपालिकाकी मेयरकी उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयमा पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन जारी गरेको छ ।

निर्वाचन आचारसंहिता २०७८ को दफा २२ मा पत्रकारले पालना गर्नुपर्ने आचारणअन्तर्गत खण्ड ख मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था गरेको छ । साथै कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षविपक्ष लिई प्रचारप्रसारमा संलग्न गर्न नुहने व्यवस्था भएको स्पष्ट पार्दै आयोगले स्पष्टीकरण सोधेको हो ।


२६ वैशाख २०७९, सोमवार १७:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु