नेपालमा बुद्ध जन्मिएको तथ्यलाई प्रवर्द्धन गर्ने इयान ग्रीन सम्मानित
बुद्ध नेपालमा जन्मिएको तथ्यलाई प्रवर्द्धन गर्ने इयान ग्रीन अष्ट्रेलियाको मेल्बर्नमा सम्मानित भएका छन् । भिक्टोरियामा राज्यमा निर्मित बुद्धको प्रतिमामा भारतमा जन्मिएको लेखिएको थियो ।
ग्रीनले त्यसलाई सच्याउँदै बुद्धको जन्मस्थल नेपाल रहेको भन्दै ग्रीनले सच्चाएका थिए । कपिलवस्तु विश्व अभियानको पत्राचारपछि ग्रीनले सच्चाएका थिए । अभियानका संयोजक रामकुमार श्रेष्ठले ग्रीनलाई सम्मान गरेका हुन् ।
बुद्धको प्रतिमा नजिकै बेन्डिगोमा गणेश मन्दिर पनि निर्माण गरिएको छ । उमेश श्रेष्ठ र जेस्मिन श्रेष्ठले आफ्नी दिवंगत छोरी वृष्टि श्रेष्ठको स्मृतिमा गणेश मन्दिर समेत स्थापना गरेका छन् ।
२६ वैशाख २०७९, सोमवार १४:१० बजे प्रकाशित






























