punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ । साथै बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यलय एवं शाखा कार्यलयहरुले समेत आ–आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरुलाई जानकारी गराउन अनुरोध गरेको छ ।

जेठ १६ गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।


२६ वैशाख २०७९, सोमवार १३:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु