कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौराको मृत्यु भएको हो।
गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो।मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको छ।
२६ वैशाख २०७९, सोमवार १२:४७ बजे प्रकाशित






























