punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुराको एक क्‍वारेन्टाइनमा बसेका बालकको मुत्यु

Chaupati
safha napa

डडेल्धुरा जेठ १८ । डडेल्धुराको एक क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

भारतको मुम्बइबाट आमाबुबासँगै शनिबार मात्र गौरीफन्टा नाका हुदै उनि डडेलभुरा पुगेका थिए र त्यस लगतै उनलाई डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको भइ पनि बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको यता डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले पुष्टि गरे।

उनको आज नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने बताए । बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको छ । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए। उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ।


१८ जेठ २०७७, आइतवार ०३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु