punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरा अस्पतालको आइसोलेसनमा भर्ना भएका  बालकको मृत्यु

Chaupati
safha napa

बाजुरा,जेठ १८।  बाजुरा अस्पतालको आइसोलेसनमा भर्ना भएका  बालकको आज बिहान मृत्यु भएको छ।बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको आज बिहान मृत्यु भएको  अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।

आमाबाबुसँगै आठ दिनअघि त्रिनगर भन्सार नाका भएर भारतबाट फर्किएका उनलाई बुढिगंगा नगरपालिका-१ धुरालसैन माविको क्वारेन्टाइनमा राखिएको थियो।

बालकको स्वास्थ्य अवस्था जटिल भएपछि १५ जेठमा सदरमुकाममा रहेको अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो।बालकमा झाडापखाला, ज्वरो, श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको चिकित्सकले बताएका छन्। उनको आज नै थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको जनाएको छ ।


१८ जेठ २०७७, आइतवार ०५:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु