punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पश्चिमरुकुम चौरजहारी घटना विरुद्ध धनगढीमा मसाल जुलुश प्रदर्शन

Chaupati
safha napa

धनगढी ,जेठ १७ । पश्चिम रुकुम चौरजहारी घटना विरुद्ध धनगढीमा मसाल जुलुश प्रदर्शन भएको छ । मुक्तिका लागि साझा अभियानको आयोजनामा आज साझ ७ बजे धनगढीको पार्क मोड देखि निकालिएको मसाल जुलुस एल एन चौकमा कोण सभा गरेर समापन भएको थियो ।

संजालका संयोजक प्रेम वि.सि. को संयोजनमा आयोजित प्रदर्शनमा नेपाल तरुण दल का केन्द्रिय महाधिवेशन प्रतिनिधि अमृत वि.सि. लगायत संजालका सदस्यहरुको उपस्थिति रहेको थियो ।

रुकुम घटनाका दोषीलाई कानुनी कार्वाहीको दायरामा नल्याउदा सम्म आफुहरुको आन्दोलन नरोकिने संयोजक प्रेम बिसीले बताए ।

कोरोना महामारीका बिच जातिय बिभेदको चपेटामा दलित समुदाय पर्नु संबिधान प्रद्त्त अधिकार उपभोग गर्न नपाउनुले यति बेला देशै भरी दलित समुदायलाइ आन्दोलित गरिरहेको छ ।


१७ जेठ २०७७, शनिवार १७:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु