स्थानीय तह निर्वाचन : ३९० जना निर्विरोध निर्वाचित
स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।
आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा ३ सय ९० जना निर्विरोध निर्वाचित भएका हुन् ।
२५ वैशाख २०७९, आइतवार ११:३१ बजे प्रकाशित






























