punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्डलाई जुत्ता हान्छु भनेर फेसबुकमा लेख्ने एक जना पक्राउ

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेका अनुसार बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो ।

प्रचण्डले आज दाङको घोराही र तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


२५ वैशाख २०७९, आइतवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु