punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवक मृत फेला

Chaupati
safha napa

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक युवक मृत फेला परेका छन्। शनिबार बिहान १० बजे मधुवन नगरपालिका९३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन।

नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो।


२४ वैशाख २०७९, शनिवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु