punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा २७ गतेदेखि मादक पदार्थ सेवन तथा बिक्री वितरणमा रोक

Chaupati
safha napa

कैलालीमा २७ गते मङ्गलवार रातिदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले शनिवार एक सूचना जारी गर्दै निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्री वितरण निषेध गरिने जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०७८ को दफा ६(थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गरिनेसमेत जनाएको छ ।

48FA0D9B_FD59_4F8A_A645_C14A116EC293.jpeg


२४ वैशाख २०७९, शनिवार १५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु