छतबाट खसेर एक जनाकाे मृत्यु
भक्तपुर नगरपालिका– ८ लिवालीमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार साँझ ७स्१५ आफ्नै घरको छतबाट खसेर ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो । छतबाट खसेर गम्भीर घाइते कुसाथालाई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनका अनुसार उपचारकै क्रममा सोमबार राति कुसाथाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
२० वैशाख २०७९, मंगलवार १२:०९ बजे प्रकाशित































