punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी एयरपोर्टलाई दिल्लीको एयरपोर्ट भन्दा पनि राम्रो बनाउनुपर्छ : मन्त्री आले

Chaupati
safha napa

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले धनगढी एयरपोर्टलाई दिल्लीको एयरपोर्ट भन्दा पनि राम्रो बनाउनुपर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको गेटा विमान स्थल स्तरोन्नति र धनगढी कैलाश मानसरोवर द्रुत मार्गले निम्त्याउने अवसरहरुबारे अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘हामीले धनगढी विमानस्थललाई स्तरोन्नति गर्न धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गरेर क्यानबाट पास गरेर मन्त्री परिषदमा लग्यौँ, त्यहाँबाट पनि पास भएर एक अर्ब बजेट विनियोजन गरिसकेका छौँ ।

ब जग्गा अधिकरणको लागि १० देखि १२ अरब सम्म लाग्छ । तर क्यानले स्टीमेट गरेका अनुसार १० अरब लाग्छ भनेको छ । तर १० अरबले त पुग्दैन । यो एयरपोर्ट दिल्लीको भन्दा राम्रो बन्नु पर्‍यो । एयरपोर्ट सधैँ त बन्दैन भनेर मैले पहल गरिरहेको छु,’ उनले भने ।

यस्तै उनले धनगढी एयरपोर्टका प्रमुखलाई एयरपोर्ट आफू पर्यटन मन्त्री भइसकेपछि धनगढी विमानस्थलको स्तरन्ततीको लागि लागिपरेको बताए ।यस्तै मन्त्री आलेले आफ्नै पहलमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक पर्यटन वोर्डको स्थापना गरेको समेत बताए ।


१८ वैशाख २०७९, आइतवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु