punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको एक सामुदायिक वनमा युवायुवतीको शव फेला

Chaupati
safha napa

कैलालीको एक सामुदायिक बनमा एक जोडीको झुन्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका– १० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुन्डिएको अवस्थामा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले जनाए अनुसार मृतकद्वय बझाङको जयपृथ्वी नगरपालिका २ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार गत चैत्र २६ गते बझाङमै भागी बिवाह गरेका उनीहरु त्यसै दिन आफन्तको घर जान्छु भनी हिडेका थिए ।
युवकले घरमा श्रीमती हुदाँहुदै अर्को बिवाह गरेको हुँदा परिवारमा कुरा नमिलेपछि उनीहरु दुवै जना २६ गते नै आफन्तको घर हिडेका थिए । उनीहरु त्यसै दिन देखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सामुदायिक वनमा आज बिहान गोठालाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुबै जनाको शव सडेको अवस्थामा रहेकोले हराएकै दिन झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शव सडेको अवस्थामा भेटिएको हुँदा स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको डिएपी जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


१८ वैशाख २०७९, आइतवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु