punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा १० प्रमुख र ६ अध्यक्षको उम्मेदवारी फिर्ता

Chaupati
safha napa

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये कैलालीमा १० जना प्रमुख र ६ जना अध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। धनगढी उपमहानगरपालिकामा १ जना मेयरले उम्मेदवारी फिर्ता लिएका छन्। जनमोर्चाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी अञ्जना श्रेष्ठ ९मास्के० ले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। धनगढीमा जम्मा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

यस्तै ६ वटा नगरपालिका रहेको कैलालीमा भजनी नगरपालिकामा मेयर पदमा १ र ५ जना वडाध्यक्षसहित १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। टीकापुर नगरपालिकामा २ जना प्रमुख, १ उपप्रमुख ४ जना वडाध्यक्षसहित १२ जना, घोडाघोडी नगरपालिकामा १० वडाध्यक्षसहित २३ जना, गौरीगंगा नगरपालिकामा १ जना मेयर, १ जना उपमेयर, १० जना वडाध्यक्षसहित २७ जना, गोदावरी नगरपालिकामा ६ वडाध्यक्षसहित १७ जना, लम्की चुहा नगरपालिकामा ५ जना मेयर र ५ जना उपमेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

यस्तै वर्दगोरिया गाउँपालिकामा २ जना अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन्। जानकी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष २, वडाध्यक्ष ३ जना र २ जना वडा सदस्य, चुरे गाउँपालिकामा १ जना अध्यक्ष, १ जना वडाध्यक्षसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। कैलारी गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडाध्यक्ष ४ र सदस्य २ जना गरेर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै मोहन्याल गाउँपालिकामा १ जना गाउँपालिका अध्यक्ष र ३ जना वडाध्यक्षले उम्मेदवारी फिर्ता लिएका छन् भने जोशीपुर गाउँपालिकामा भने एक जनाले पनि उम्मेदवारी फिर्ता लिएनन्।

धनगढीमा एक जना मेयर पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै अब ९ जना प्रतिस्पर्धा जाने भएका छन्। धनगढीको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा ९एमाले० का रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कविन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्। यस्तै स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन्।
निर्वाचन आयोगको कार्यक्रम अनुसार वैशाख १६ गते बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले फिर्ता लिन पाउने प्रावधान अनुसार कैलालीमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन्।


१७ वैशाख २०७९, शनिवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु