punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा १ मेयरसहित २५ जनाको उम्मेदवारी फिर्ता

Chaupati
safha napa

धनगढीमा एक मेयरसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। धनगढी उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठ मास्केले उम्मेदवारी फिर्ता लिएकी छन्। यस्तै वडा नम्बर १४ मा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार कृष्णराज गिरी, वडा सदस्यका उम्मेदवार प्रेम पुलामी र मानकुमारी बस्नेत तथा एकीकृत समाजवादीका भरत घर्ती र रिता विश्वकर्माले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

उनले उम्मेदवारी फिर्ता गरेसंगै अब ९ जनाबीच मेयरका लागि प्रतिस्पर्धा हुने भएको छ। उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा उम्मेदवार छन्।  स्वतन्त्रबाट गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्ट मेयर पदका उम्मेदवार छन्।


१६ वैशाख २०७९, शुक्रवार २१:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु