राप्रपाका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले त्यागे पार्टी
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष एवम् आर्थिक विभाग प्रमुख उद्धव पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेलले पार्टी अध्यक्षलाई बुझाएको पत्रमा साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख छ ।
राप्रपाबाट कमल थापा अलग भएर राप्रपा नेपालको नेतृत्व गरेपछि पौडेल पनि कमल थापातिरै लागेका थिए । पौडेल कमल थापाका विश्वास पात्र भनेर चिनिन्थे । तर राप्रपा नेपालले राजसंस्था नबोक्ने निर्णय गरेपछि र एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल असन्तुष्ट थिए ।

१५ वैशाख २०७९, बिहीवार १२:०५ बजे प्रकाशित






























