सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य
सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आर्थिक वर्ष ०७९/८० का लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि आर्थिक वर्ष ०७८/७९ का लागि यस्तो मूल्य प्रतिक्विन्टल ३ हजार १११ रुपैयाँ तोकिएको थियो । त्यसअघिको वर्ष ०७७/७८ का लागि ३ हजार १५ रुपैयाँ समर्थन मूल्य थियो ।
१४ वैशाख २०७९, बुधवार २०:४६ बजे प्रकाशित






























